Sunday, July 6, 2008

डाक्टर जिभागो


अक्टोबर क्रान्ति ताका युवा डाक्टर जिभागोको भेट नर्स लारा संग हुन्छ। त्यति बेला लाराको बिहे एउटा क्रान्तिकारीसंग हुने लगभग तय भैसकेको थियो। क्रान्तिकारीहरूले शहरको घर कब्जामा लिए पछि डाक्टर जिभागो आफ्‍नो गाउँमा भएको पुर्खेउली घर फर्कन्छन्। त्यहाँ एक दिन अचानक उनको भेट लारासंग हुन्छ र फेरि बिछोड हुन अघि चुलिन्छ यी दुवैको माया प्रितीको हाँगो।

अक्टोबर क्रान्तिको कारण र त्यसको पछिको अवस्थालाई डाक्टर जिभागोमा जिवन्त चित्रण गरिएको छ।

डेविड लिन कृत यस चलचित्रका प्रमुख कलाकारहरू हुन्- ओमार शरिफ, जेरालडिन शाप्‍लाँ र जुली कृष्‍टी।



साभार:moviecovers.com

Facebook me!

No comments: